टप एन्ड टी–२० सिरिजमा नेपालले आज पहिलो खेल अस्ट्रेलियासँग खेल्दैछ।
खेल शुक्रबार दिउँसो २ः१५ बजे सुरु हुनेछ। नेपालले दोस्रो खेलमा शनिबार बङ्गलादेश ‘ए’सँग प्रतिस्पर्धा गर्दैछ। तेस्रो खेलमा सोमबार मेलबर्न स्टार्ससँग भिड्ने नेपालले चौथो खेलमा मंगलबार होबार्ट हुरिकेन्ससँग प्रतिस्पर्धा गर्नेछ। चौथो खेलमा अगस्ट २० मा मेलबर्न रेनेगेड्स र पाँचौ खेल अगस्ट २२ मा पाकिस्तानको शाहीन्स प्रतिस्पर्धा गर्ने तालिका रहेको छ। सिरिजमा ११ टोलीको सहभागिता रहेको छ।
टप टी–२० सिरिजमा अस्ट्रेलियासँग भिड्दै नेपाल












