आजदेखि अखिल नेपाल फुटबल सङ्घ एन्फाको आयोजनामा एन्फा महिला लिग छनोट शुरू हुँदैछ ।
खेल एन्फा कम्प्लेक्स सातदोबाटो र च्यासल रङ्गशालामा हुने छ । खेलमा १४ टोली सहभागी हुनेछन । पाँच टोली महिला लिगको अन्तिम चरणका लागि छनोट हुनेछन । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । राउन्ड रोबिन लिगका आधारमा खेल हुनेछ । समूहका शीर्ष दुई टोली महिला लिगका लागि छनोट हुनेछन । दुई समूहका तेस्रो हुने टोलीबीचको प्रतिस्पर्धाको विजेता टोली पाँचौं टोलीका रुपमा अन्तिम चरणमा पुग्नेछ । प्रतियोगिताको लागि ९० लाख रुपैयाँ खर्च हुने र छनोटका लागि सबै तयारी पूरा भएको एन्फाले जनाएको छ ।
आजदेखि एन्फा महिला लिग फुटबलको छनोट शुरू हुने












