Advertisement

राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्दै

राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ बजे बस्ने भएको छ ।
बैठकमा संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक,२०८१’ पेस गर्नेछ । त्यसैगरी संविधानसभा सदस्य तथा पूर्वराज्यमन्त्री खड्गबहादुर बस्यालको निधनप्रति दुवै सदनमा श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव प्रस्तुत गरिनेछ।