आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताबिच छलफल भएको छ ।
केपी शर्मा ओली नेतृत्वको मन्त्री फेरबदलबारे छलफल भएको भेटमा सहभागी एक नेताले जानकारी दिए । भेटमा प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा एमाले उपाध्यक्ष उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक सहभागी थिए । सरकारको काम प्रभावकारी नभएकाले कार्यसम्पादन राम्रो नभएका मन्त्रीहरू बदलेर नयाँ मन्त्री नियुक्त गर्ने प्रस्ताव प्रधानमन्त्री ओलीले बैठकमा गरेका थिए ।
कांग्रेस–एमालेका शीर्ष नेताबिच छलफल












