Advertisement

रास्वपाले रूपन्देही–३ का लागि उम्मेदवारहरूको नामावली सार्वजनिक गर्दै

आगामी कात्तिक १७ गते हुने रूपन्देही–३ उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीका तर्फबाट उम्मेदवारहरूको नामावली सार्वजनिक गर्दैछ।
रास्वपाले साउन ७ देखि २७ गतेसम्म उम्मेदवारहरूको आवेदन आह्वान गरेको थियो। आवेदन परेको आकांक्षीहरूको नामावली बिहीबार बिहान १० बजे सार्वजनिक गरिने रास्वपा सहमहामन्त्री विपिनकुमार आचार्यले जानकारी दिए। उम्मेदवारीका लागि केन्द्रीय सदस्य कुसुम महर्जन, रूपन्देही–३ का क्षेत्रीय सभापति लगायतको आवेदन परेको छ।
नामहरू उपर शुक्रबार र शनिबार दाबी विरोध आह्वान गरिएको छ। शनिबार नै नामावली प्रकाशन गरेर साउन २५ गते उम्मेदवारहरूसँग छलफल गरिने रास्वपाले बताएको छ। २६ गते उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गर्ने र साउन २७ देखि भदौ ११ गतेसम्म लिडरसिप एकेडेमी, पोलिटिक प्रोक्सिमिटी र समावेशिता मापन गरिने रास्वपाले जनाएको छ ।