राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक शुक्रबार दिउँसो १ बजे बस्ने भएको छ ।
पार्टी सचिवालयको मंगलबार बसेको बैठकले केन्द्रीय समिति बैठक बस्ने निणर्य गरेको प्रवक्ता मनिष झाले जानकारी दिए। बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, रूपन्देहीको उपनिर्वाचन तयारी, उम्मेदवारका आकांक्षीहरूबारे छलफल बताए । त्यस्तै पार्टी खेलकुद विभागले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजना गर्न लागेको फ्युचर लिडर्स समिटबारे पनि छलफल गर्ने बताए।
रास्वपाको केन्द्रीय समिति बैठक शुक्रबार बस्दै











