Advertisement

महोत्तरीमा पोखरीमा डुबेर एक युवकको मृत्यु

बुधबार साँझ महोत्तरीमा पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पिपरा गाउँपालिका ७ बनौलीका ३० वर्षीय मुरारी झा रहेको स्थानीय सुमन झाले जानकारी दिए । पोखरीमा डुबेको स्थानीयले खबर गरेपछि सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजेर शव निकालेको हो ।घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।