Advertisement

जनता र पार्टीका नेता कार्यकर्ताको अपेक्षा पूरा गर्ने कुरामा कमजोरी देखियो : समाजवादी मोर्चा

मंगलबार नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा बसेको समाजवादी मोर्चाको बैठकले पछिल्लो समय जनता र पार्टीका नेता कार्यकर्ताको अपेक्षा पूरा गर्ने कुरामा कमजोरी देखा परेको निष्कष निकालेको छ ।
बैठकमा मुलभूत रुपमा मोर्चा सफल रहे पनि केही प्रश्न उठेकोबारे छलफल भएको हो । समाजवादी मोर्चाले अहिलेको स्थितिमा देशलाई समाजवादी व्यवस्थामा लाने तहसम्म आफूलाई सदृढ गर्नुपर्नेतिर सोचिएको जनाएको छ । त्यसका लागि राजनीतिक र बौद्धिक क्षेत्रका व्यक्तिहरूसँग छलफल हुने पनि निर्णय गरेको छ ।