आज थारु समुदायले विभिन्न कार्यक्रमको आयोजना गरी उल्लासपूर्वक ‘गुरही’ पर्व मनाइँदैछ ।
गुरही पर्वले एक विशिष्ट सांस्कृतिक पहिचान बोकेको जनविश्वास रहदै आएको छ । विशेषगरी पश्चिम नेपालका कैलाली, कञ्चनपुरलगायत जिल्लामा बसोबास गर्ने थारु समुदायले यो पर्वलाई विशेष महत्वका साथ मनाउँछन ।यो पर्व श्रावण शुक्ल पञ्चमी अर्थात् नागपञ्चमीको दिन मनाइन्छ । नागपञ्चमीमा विशेषगरी नेपालीहरू नागको पूजाआजा गर्छन भने थारु समाजमा ‘गुरही’ पूजा हुने गरेको घोडाघोडी नगर भल्मन्सा कार्यसमितिका अध्यक्ष बुधराम चौधरीले जानकारी दिए । गुरही पूजा गर्दा विषालु सर्प घरमा नआउने, घरमा चट्याङ नपर्ने, आगलागी नहुने, रोगव्याधी महामारी घरमा प्रवेश नगर्ने जनविश्वास रहिआएको बताए ।
आज थारु समुदायले मौलिक पर्व ‘गुरही’ मनाइँदै












