Advertisement

एएफसी यू–२० महिला एशियन कप छनोट खेल्ने टोली घोषणा

आईताबार एएफसी २० वर्षमुनिको महिला एशियन कप छनोट २०२५ का लागि नेपाली टोलीको घोषणा गरिएको छ ।
टोलीका मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले २३ सदस्यीय टोली घोषणा गरेको हुन । टोलीले आगामी भदौ २३ देखि २८ गतेसम्म भूटानमा आयोजना हुने छनोटमा खेल्नेछ । नेपाल समूह ‘बी’ मा रहेको छ । यो समूहमा उत्तर कोरिया, आयोजक भूटान र साउदी अरब पनि छन । छनोट चरणमा हरेक समूहको शीर्ष टोलीले अर्को वर्षमा आयोजना हुने एएफसी २० वर्षमुनिको महिला एशियन कपको अन्तिम चरणमा स्थान बनाउने छ ।