Advertisement

बालकुमारीमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

शनिबार ललितपुरको बालकुमारीमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
ललितपुर महानगरपालिका–१९ बालकुमारीस्थित सडकमा ग्वार्कोबाट कोटेश्वरतर्फ आउँदै गरेको बा ४ ख २४७७ नम्बर को मिनी ट्रकले ठक्कर दिदाँ पैदलयात्री अन्दाजी २३ वर्षीया महिलाको मृत्यु भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए ।मृतकको परिचय खुलेको छैन । ठक्करबाट गम्भीर घाइते भएकी उनको बिएन्डबी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको र चालकलाई नियन्त्रणमा लिइएको प्रवक्ता घिमिरेले बताए ।