नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पूर्वराष्ट्रपति विद्या भण्डारीको सक्रिय राजनीतिमा पुनरागमन एमालेका लागि स्वीकार्य नभएको बताएका छन ।
आज नेपाल प्रेस सोसाइटीले भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा भण्डारीको एमाले पार्टी सदस्यता र राजनीतिक पुन : सक्रियता एमालेका लागि ‘गौण विषय’ भएको बताए । एमालेको केन्द्रीय कमिटी बैठकले ७० वर्षे उमेर सीमा, कार्यकारी पदमा दुई कार्यकालको सीमा र पूर्वराष्ट्रपतिको सक्रियता निषेध सम्बन्धमा विधिवत छलफलपछि निर्णय गरेको बताए ।
।












