यो साता नेपाली बजारमा सुनको मूल्यमा तीव्र उतारचढाव आएको छ ।
गत साउन ४ गते आइतबारका दिन सुनको मूल्य ८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायि महासंघले जनाएको छ । त्यस्तै, साउन ५ गते सोमबार पनि सुनको मूल्यमा तोलामा ४०० रुपैयाँले वृद्धि भयो । साउन ६ गते मंगलबार भने एकैदिन सुनको मूल्य १ हजार ८०० बढेको थियोे । त्यस्तै, साउन ७ गते बुधबार पनि सुनको मूल्य दुई हजार १०० रुपैयाँले बढेको थियो । साउन ८ गते बिहीबार भने सुनको मूल्यमा २ हजार ४०० रुपैयाँले गिरावट आएको थियो । त्यस्तै, साउन ९ गते शुक्रबार सुनको मूल्य ५०० रुपैयाँ घटेको छ । यो साता सुनको मूल्यमा धेरै उतारचढाव भएपनि साता भरमा १ हजार ४ रुपैयाँले मात्र बढेको छ ।
यो साता सुनको मूल्यमा उतारचढाव












