आज बिहान ६ः४५ बजे भक्तपुरमा झुन्डिएको अवस्थामा दुई किशोरी मृत फेला परेको छ ।
उनीहरु भक्तपुरको मध्यपुरठिमी नगरपालिका-८ बोडे सिन्टिटारस्थित एउटा घरमा डेरा गरी बसेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।
मृत फेला परेका किशोरीहरूमा सुर्खेतको पञ्चपुरी नगरपालिका-८ घर भई भक्तपुर बस्दै आएका १७ वर्षीया मेनुका कँडेल र १५ वर्षीया सृजना कँडेल छन ।उनीहरू डेराको प्यासेजमा एउटै नाइलनको डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेका हुन ।
घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी न्यौपानेले बताए।
भक्तपुरमा दुई जना मृत फेला












