Advertisement

नेपालको निर्यातमा ऐतिहासिक वृद्धि भएको प्रधानमन्त्रीको दाबी

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको निर्यातमा ऐतिहासिक वृद्धि भएको दाबी गरेका छन् ।
उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत यस वर्ष निर्यातमा इतिहासकै उच्च बिन्दु हासिल भएको उल्लेख गरेका छन । चालु आर्थिक वर्षमा नेपालले २ खर्ब ७७ अर्ब ३ करोड २ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवाको निर्यात गर्न सफल भएको जानकारी दिएको छ ।
आफू प्रधानमन्त्री हुनुअघि नेपालको कुल निर्यात १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख रुपैयाँ मात्र रहेको र गत वर्षको तुलनामा निर्यात ८१.८० प्रतिशतले वृद्धि भएको जनाएको छ । प्रधानमन्त्री ओली नेतृत्वको सरकारले घरेलु उत्पादनमा आधारित निर्यात प्रवद्र्धनलाई प्राथमिकता दिएको दाबी गर्दै आएको छ ।