Advertisement

एमालेको केन्द्रीय कमिटी बैठक आज ११ बजे बस्दै

आज ११ बजे पार्टी विधानका विषयमा छलफल गर्न नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक बस्ने भएको छ ।
बैठकमा आगामी विधान महाधिवेशनमा प्रस्तुत हुने विधानको मस्यौदा प्रस्तुत गरिने पार्टी स्थायी कमिटी सदस्य तथा प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सचिवालय र पोलिटब्युरोले पास गरेको विधान केन्द्रीय कमिटीमा प्रस्तुत गर्नेछन ।
बैठकको सुरुमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राजनीतिक,सरकारको एक वर्ष र पार्टीको सचिवालय र पोलिटब्युरो बैठकका निर्णयका सन्दर्भमा मन्तव्य राख्नेछ ।