शुक्रबार र शनिबार बसेको नेकपा एमालेको पोलिटब्युरो बैठकले पार्टीको विधान संशोधनसम्बन्धी प्रस्ताव पारित गरेको छ ।
पार्टीभित्र दुई सदस्यताको व्यवस्था र उमेरहदको व्यवस्था खारेज गर्ने विषयलाई स्वीकार गर्दै बैठकबाट उक्त प्रस्ताव पारित गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।पोलिटब्युरो बैठकमा ६८ जना सदस्यले धारणा राखेको पनि गौतमले जानकारी दिए ।
एमालेको विधान संशोधन प्रस्ताव पोलिटब्युरो बैठकबाट पारित












