आज नेपालले साफ यू-२० महिला च्याम्पियनसिपमा आज भुटानसँग खेल्दैछ।
खेल नेपाली समयअनुसार दिउँसो २:४५ बजे बंगलादेशको ढाकास्थित किङ्स एरेनामा देखि सुरू हुनेछ।जारी प्रतियोगितामा नेपालले भुटानसँग दोस्रो खेल खेल्न लागेको हो।पहिलो खेलमा नेपालले भुटानलाई ६-१ गोलले हराएको थियो।आयोजक बंगलादेशसहित भुटान, श्रीलंका र नेपाल सम्मिलित प्रतियोगितामा डलब राउन्ड रोबिनको आधारमा खेल भइरहेको छ।नेपालले श्रीलंकासँग दुई खेल खेलिसकेको छ। दुवै खेलमा नेपाल ७-० गोलले विजयी भएको थियो।
नेपालले आजको खेलपछि सोमबार बंगलादेशसँग खेल्नेछ।
साफ यू-२० महिला च्याम्पियनसिपमा भुटान र नेपाल खेल्दै












