आज ११ बजे नेकपा एमालेको पोलिटब्युरो बैठक बस्ने भएको छ ।
हिजोबाट जारी बैठक पार्टी कार्यालय च्यासलमा बस्ने छ । हिजोको बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमाथि सात जनाले आ–आफ्नो धारणा राखेका थिए । विधान संशोधन प्रस्तावमाथि लालबाबु पण्डित, डा राजन भट्टराई, काशीनाथ अधिकारी, किरण गुरुङ, शेरधन राई, खगराज अधिकारी र कर्णबहादुर थापाले बोलिसकेका छन् । आज अन्य नेताहरूले आ आफ्नो धारणा राख्नेछन ।
एमालेको पोलिटब्युरो बैठक आज ११ बजे बस्दै












