शुक्रबार बसेको नेकपा एमालेको पोलिटब्यूरो बैठक स्थगित भएको छ ।
बैठक शनिबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको हो ।आजको बैठकमा उपाध्यक्ष विष्णु पौडेलले पेस गरेको विधान संशोधन प्रस्तावमाथि सदस्यहरूले धारणा राखेका थिए।संगठन विभाग प्रमुख काशिनाथ अधिकारी, स्थायी कमिटी सदस्य शेरधन राई, किरण गुरूङ, कर्ण थापा लगायतले बोलेका थिए।विधान संशोधन प्रस्तावमाथि धारणा राख्दै स्थायी कमिटी सदस्य कर्ण थापाले पार्टीलाई अनावश्यक द्वन्द्वमा नधकेल्न ध्यानाकर्षण गराएका थिए।
एमालेको पोलिटब्यूरो बैठक स्थगित












