मंगलबार सामान्य प्रशासन मन्त्रीमा नियुक्त भएकी नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले शपथ लिएकी छन ।
बुधबार राष्ट्रिपति कार्यालय सितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले न्यौपानेलाई शपथ ग्रहण गराएका हुन । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीहरु, सुरक्षा निकायमा प्रमुख, संवैधानिक निकाय प्रमुख, मुख्यसचिव, राजनीतिक दलका नेता तथा कार्यकर्तालगायत सहभागी थिए ।
नवनियुक्त सामान्य प्रशासन मन्त्री न्यौपानेले लिइन शपथ












