आज दिउँसो १ः०० बजे प्रतिनिधिसभाको बैठक बस्दै छ ।
बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक वित्त परिचालन विधेयक, २०८१’ माथि विचार गरियोस भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ । त्यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ‘पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१’ माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ भने लेखा समितिका सभापति ऋषिकेश पोखरेलले ‘सार्वजनिक लेखा समितिको २३औँ वार्षिक प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची रहेको छ । सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यक्रम पनि बैठकमा तय गरिएको छ।
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दै












