Advertisement

यू–१६ इस्ट जोन कपको विजेतालाई जनही ५० हजार रुपैयाँसहित सम्मान गर्ने

नेपाल क्रिकेट संघ (क्यान) ले मलेशियामा सम्पन्न भएको १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेटको उपाधि जितेको नेपाली टोलीलाई नगद ५० हजार पुरस्कारसहित सम्मान गर्ने भएको छ ।
क्यानले टोलीका खेलाडी र अफिसियलहरूलाई जनही ५० हजार रुपैयाँसहित सम्मान गर्न लागेको हो । खेलाडीको हौसला बढाउन नगदसहित सम्मान गर्न लागेको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।