Advertisement

मौद्रिक नीति सार्वजनिक

शुक्रबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको छ ।
सार्वजनिक मौद्रिक नीति सेयर बजारका लागि अनुकूल देखिएको छ । नेपालको सन्दर्भमा मौद्रिक नीतिले सेयर बजारलाई प्रत्यक्ष रूपमा प्रभाव पार्दै आएको छ । यस पटकको निति सेयर बजारको लागि राम्रो देखिएको छ । मुख्यत् मौद्रिक नीतिमा भएका ६ वटा व्यवस्थाले मुख्य रूपमा सेयर बजारमा उत्साह भर्नेछ । त्यससमध्येको पहिलो हो । ब्याजदर थप घटाउन जोड दिइनु । मौद्रिक नीतिले नीतिगत दरलाई ५ बाट ४.५ प्रतिशतमा झारिएको छ । त्यस्तै स्थायी तरलता सुविधा दर ६.५ बाट ६ प्रतिशत र स्थायी निक्षेप सुविधा दर ३ बाट २.७५ प्रतिशतमा झारिएको छ । यसले बैंकहरूलाई ब्याजदर थप घटाउन सहज हुनेछ ।