Advertisement

सरकार र सुनचाँदी व्यवसायीबिच ६ बुँदे सहमति

बिहीबार सरकार र आन्दोलनरत सुनचाँदी व्यवसायीबिच ६ बुँदे सहमति भएको छ ।
सहमति भएसँगै आफूहरुको आन्दोलन स्थगित भएको सुनचाँदी व्यवसायीले जनाएको छ । शुक्रबारदेखि निर्वाध रुपमा व्यवसाय सञ्चालन हुने बताइएको छ । सहमतिअनुसार व्यवसायीले नजिकको व्यापारिक केन्द्रबाट वाणिज्य बैंकमार्फत सुन आयात गर्न सक्नेछन। यसका लागि सुन आयात तथा बिक्री वितरणसम्बन्धी कार्यविधि, २०६८ लाई प्रभावकारी रुपमा कार्यान्वयन गरिने र आवश्यकतानुसार संशोधन गरिने उल्लेख छ ।