आज दिउँसो ४ बजे नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, जागरण अभियानको समीक्षालगायत विषयमा छलफल हुने सचिव गङ्गानारायण श्रेष्ठले जानकारी दिए ।
बैठकमा सरकारका काम कारबाही, सदनमा पार्टीको भूमिका र पछिल्लो समय आएको बाढी पहिरोको क्षति तथा राहत उद्धारका विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै












