अमेरिकामा चलिरहेको फिफा क्लब विश्वकपमा पेरिस सेन्ट जर्मेन (पीएसजी) फाइनलमा पुगेको छ ।
रियल मड्रिडलाई हिजो ४–० ले हराउँदै फ्रेन्च टोली पीएसजी उपाधि नजिक पुगेको हो ।पीएसजीका फाबियन रुइसले २ गोल गर्दा, ओस्मान डेम्बेले र गोनसालो रामोसले समान १ गोल गरे । खेलको शुरुवाती २४ मिनेटमै पीएसजीले ३ गोल गर्दै रियलको डिफेन्स तहस नहस बनायो । छैटौं मिनेटमा रुइसले पहिलो गोल गर्दा नवौं मिनेटमा डेम्बेलेले गोल गरे । २४ औं मिनेटमा रुइसले अर्को गोल गर्दा पीएसजीले खेल पूर्ण रुपमा नियन्त्रणमा लियो ।
खेल सकिन ३ मिनेट बाँकी रहँदा रामोसको गोल गर्दै जीतलाई सजिलो बनाए । रियलका डिफेन्डर गल्तीले दुई गोल गर्नबाट चुकेका थिए ।
पेरिस सेन्ट जर्मेन क्लब विश्वकपको फाइनलमा












