रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण भएको धनजनको क्षतिको प्रधानमन्त्री केपी शर्मा ओलीले स्थलगत अवलोकन गरेका छन ।
बाढीबाट भएको क्षति, उद्धार र राहतबारे प्रधानमन्त्री ओलीले स्थानीय प्रशासन, जनप्रतिनिधि र स्थानीयवासीसँग छलफल गरेका छन ।प्रधानमन्त्री ओलीले क्षतिग्रस्त क्षेत्रबाट बेपत्ता भएकाहरूको स्थिति, नेपाल–चीन सिमानाको रसुवागढी भन्सारको क्षतिग्रस्त सुक्खा बन्दरगाह, मालबाहक कन्टेनर बगाउँदा भएको क्षतिको विवरणबारे चिन्ता र चासो राखेका छन । बाढीबाट चिनियाँ नागरिक सहित १८ जना बेपत्ता रहेका छन । बेपत्ताहरुको खोजी कार्य जारी रहेको छ ।
बाढी प्रभावित क्षेत्रको अवलोकन गर्दै उद्धार र क्षतिबारे जानकारी लिए प्रधानमन्त्रीले












