विद्यालय शिक्षा विधेयक पारित गर्ने उद्देश्यले आइतबार बसेकोे संसदीय समितिको बैठक स्थगित भएपछि विद्यालय शिक्षा विधेयक फेरि अनिश्चित बनेको छ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शिक्षामन्त्री रघुजी पन्तले शिक्षकहरूका मागका विषयमा थप छलफल गर्न समय माग गरेपछि विधेयक पारित गर्ने कार्यसूची प्रभावित बनेको हो । विधेयकमाथि अन्तिम निर्णय लिन बसेको बैठकमा शिक्षकहरूले आवधिक बढुवा लगायतका विषयमा राखेको असहमतिलाई सम्बोधन गर्न बाँकी रहेको भन्दै सरकारको तर्फबाट मन्त्री पन्तले थप समय मागेका थिए। सरकारले नै थप समय मागेपछि विधेयकमाथि सहमति जुट्न नसकेको हो ।
विद्यालय शिक्षा विधेयक फेरि अनिश्चित












