Advertisement

उज्बेकिस्तानसँगको हारसँगै नेपाल एसियन कप छनोटबाट बाहिरीयो

नेपाल एएफसी महिला एसियन कपमा छनोटबाट बाहिरीएको छ ।
शनिबार भएको खेलमा उज्बेकिस्तानसँग टाइब्रेकरमा पराजित हुँदै नेपाल बाहिरीएको हो ।छनोट खेल अन्तर्गत समूह एफको अन्तिम खेलमा निर्धारित खेल ३-३ को बराबरीमा सकिएपछि टाइब्रेकरमा पुगेको थियो जहाँ नेपाल ४-२ ले पराजित भयो ।साबित्रा भण्डारीको प्रहार बारमा लाग्दा गोलकिपर अन्जना रानामगरको प्रहार विपक्षी गोलरक्षकले बचाइन । त्यसबीचमाम गिता राना र सबिता रानामगरले गोल गरे ।
उज्बेकिस्तानका लागि भने ४ वटै पेनाल्टी सफल भयो । माफ्तुना शोयीमोभा, नोजिमाखोन एर्गाशेभा, मादिना खिमातोभा, सेभिन्च कुचकोरोभाले गोल गरे ।उज्बेकिस्तानले खेलको दोस्रो मिनेटमा नै गोल गरेको थियो । ११औं मिनेटमा उज्बेकिस्तानले अग्रता दोब्बर र्पायो ।
कप्तानले बाँया भागबाट एक्लै बक्सभित्र लगेर प्रहार गरेको बल डिफेन्डर समीक्षा घिमिरेलाई लागेर गोल भएको थियो ।
२४औं मिनेटमा साबित्रा भण्डारीले गोल गर्दै नेपाललाई खेलमा फर्काउने प्रयास गरिन । तर ३९औं मिनेटमा पेनाल्टीमार्फत शोएमोभले गोल गर्दै उज्बेकिस्तानको अग्रता बढ्यो ।