Advertisement

सरकारबाट बाहिरिने नाउपाको निर्णय

नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।
शनिबार बसेको पार्टीको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको अध्यक्ष रन्जिता श्रेष्ठले जानकारी दिइन । नाउपाबाट अहिले संघीय सरकारमा सांसद अरुण चौधरी संस्कृति, पर्यटन एवं राज्यमन्त्री छन । उनले पनि आईताबार प्रधानमन्त्री समक्ष राजीनामा बुझाउने श्रेष्ठले बताइन ।