Advertisement

इस्ट जोन कपमा उपाधिका लागि नेपालले सिंगापुरसँग खेल्दै

आज एसीसी यू-१६ इस्ट जोन कपको उपाधिका लागि नेपालले सिंगापुरसँग खेल्दै छ । नेपाल र सिंगापुरबीचको फाइनल खेल बिहान पौने ८ बजेदेखि सुरु हुनेछ ।
नेपाल हालसम्म यस प्रतियोगितामा अपराजित छ । सिंगापुर भने समूह चरणमा नेपालसँग पराजित भएको थियो । नेपालले पहिलो सेमिफाइनलमा मलेसियालाई हराएको थियो भने सिंगापुरले अर्को समूहको विजेता टोली हङकङलाई हराएको थियो ।
तेस्रो स्थानका लागि मलेसिया र हङकङबीच पनि आजै प्रतिस्पर्धा हुँदैछ ।