एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेटको उपाधिका लागि नेपालले सिङ्गापुरसँग खेल्ने भएको छ ।
आज भएको पहिलो सेमिफाइनलमा नेपालले मलेसियालाई नौ विकेटले र दोस्रो सेमिफाइनलमा सिङ्गापुरले हङकङलाई चार विकेटले हराउँदै फाइनलमा पुगेका हुन ।
घरेलु टोली मलेशियाले जीतका लागि दिएको ९१ रनको लक्ष्य नेपालले ११ ओभर चार बलमा एक विकेट गुमाएर भेटायो । टस हारेर पहिला ब्याटिङ गरेको मलेशिया ४३ ओभर एक बलमा ९० रनमा अलआउट भएको थियो ।
नेपालले समूह ‘ए’ मा सबै खेल जितेर सेमिफाइनल खेलेको हो । नेपालले पहिलो खेलमा सिङ्गापुरलाई छ विकेट, दोस्रो खेलमा जापानलाई नौ विकेट र तेस्रो खेलमा इन्डोनेसियालाई तीन सय ७० रनले हराएको थियो ।
१६ वर्षमुनीको इस्ट जोन कपको उपाधिका लागि नेपालले सिङ्गापुरसँग खेल्ने












