शेयर बजार परिसूचक नेप्से आज २८ दशमलव ९१ अंकले बढेर २ हजार ६ सय ६० दशमलव ३९ विन्दुमा पुगेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो ६ अर्ब ३८ करोडको कारोबार भएकोमा आज ३ सय ९ वटा कम्पनीका १ करोड ५७ लाख कित्ता शेयर ७ अर्ब ३ करोड रुपैयाँमा किनबेच भएको छ ।आज उत्पादन र व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा लगानी र माइक्रोफाइनान्स समूहको शेयर २ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।
शेयर बजार २८.९१ अंकले बढ्यो












