आजदेखि फिफा क्लब विश्वकपमा अन्तिम १६ का खेल शुरू हुँदैछन ।
अन्तिम आठमा पुग्न आजको पहिलो खेलमा बोटाफोगो र पाल्मेरियाले खेल्दैछ । खेल नेपाली समयअनुसार राति पौने १० बजे शुरू हुनेछ । त्यस्तै आजैराति बेन्फिका र चेल्सी तथा इन्टर मियामी र पेरिस सेन्ट जर्मेइन (पीएसजी) ले खेल्नेछन ।लियोनल मेसीले आफ्नो पूर्वक्लब पीएसजीविरुद्ध खेल्न लागेका हुन । मेसी सन २०२३ मा युरोपेली च्याम्पियन फ्रान्सेली क्लब छाडेर इन्टर मियामी पुगेका थिए ।
त्यस्तै सन २०१३ यता पहिलो पटक चेल्सी र बेन्फिकाले खेल्न लागेका हुन ।
फिफा क्लब विश्वकपमा अन्तिम १६ को खेल आजदेखि












