आज बिहान ११ः०० बजे संघीय संसद भवन नयाँ बानेश्वरमा संघीय संसद प्रतिनिधिसभाको बैठक बस्दैछ ।
बैठकमा बजेटसँग सम्बन्धित विधेयकहरुलाई पारित गर्ने सम्भावित कार्यसूची छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्ने,आर्थिक विधेयक, २०८२,र राष्ट्र ऋण उठाउने विधेयक, २०८२ुलाई पारित गर्ने कार्यसूची रहेको छ ।
यस्तै, नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८२ समेत पातिर गर्ने सम्भावित कार्यसूची तय भएको संघीय संसद सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेले जानकारी दिए। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेन भ्रमणका बारेमा सदनलाई जानकारी गराउने सम्भावित कार्यक्रम छ ।
प्रतिनिधिसभाको बैठक ११ः०० बजे बस्दै












