Advertisement

नेपालमा पहिलो पटक फ्रेन्चाइज इन्डोर प्रिमियर लिग क्रिकेट हुने

नेपालमा पहिलो पटक फ्रेन्चाइज इन्डोर प्रिमियर लिग क्रिकेट हुने भएको छ ।
काठमाण्डौ स्पोट्र्स इभेन्ट्स प्रालिको आयोजनामा आउँदो भदौ २३ गतेदेखि २८ गतेसम्म काठमाण्डौको बुढानिलकण्ठमा हुन लागेको प्रतियोगिता निर्देशक ज्योति भण्डारीले जानकारी दिए ।
कुल १० ओभरमा हुने लिगमा १० वटा फ्रेन्चाइज टिमको प्रतिस्पर्धा हुनेछ । लिगको शीर्ष चार टोली सेमिफाइनलमा पुग्नेछन ।
विजेताका लागि इन्डोर क्रिकेटको सर्वाधिक पुरस्कार राशीको व्यवस्था गरिने भने पनि यसबारे केही दिनमा सार्वजनिक गर्ने आयोजकले जनाएको छ । लिगका लागि टिम खरिद र खेलाडीको अक्सन हुने प्राविधिक निर्देशक रवीन्द्र गुप्ताले बताए । एक जना मार्कीका साथै ‘ए’, ‘बी’ र ‘सी’ वर्गीकरण गरी खेलाडीले आफ्नो नाम दर्ता गर्न पाउनेछन । राष्ट्रिय खेलाडीलाई मार्कीमा राख्नुपर्ने आयोजकले जनाएको छ ।