Advertisement

नेप्से ४.७८ अंकले बढ्यो

आज शेयर बजार परिसूचक नेप्से ४ दशमलव ७८ अंकले बढेर २ हजार ६ सय दशमलव ७६ विन्दुमा पुगेको छ ।
आज विकास बैंक, बीमा, उत्पादन, म्युचल फन्ड र अन्य बाहेक सबै समूहको शेयर बढेकोमा व्यापार समूहको शेयर २ दशमलव २० प्रतिशतले उकालो लागेको छ ।
आज जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी शेयर झन्डै १० प्रतिशतले बढेको छ । नेप्से सामान्य बढेको दिन गुराँस लघुवित्त कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।
आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो ९ अर्ब १४ करोडको कारोबार भएकोमा आज ३ सय २५ वटा कम्पनीका १ करोड ७५ लाख कित्ता शेयर ६ अर्ब ४७ करोड रुपैयाँमा किनबेच भएको छ ।