Advertisement

नागार्जुनको मेडल गोदाममा आगलागी

आज बिहान अन्दाजी ०३ः२० बजे काठमाडौँको नागार्जुन नगरपालिका–३, बाफलमा रहेको एक मेडल तथा स्टिकर गोदाममा आगलागी भएको छ।
स्थानीय राजेन्द्र उदासले सञ्चालन गरेको गोदाममा विद्युत सर्ट भई आगो सल्किएको प्रहरीले जनाएको छ। आगलागीको सूचना पाउनासाथ बालाजु दमकल, जुद्ध वारुण यन्त्र (न्युरोड), नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको टोली घटनास्थलमा पुगेको थियो। सशस्त्र प्रहरी बल नम्बर १८ निलबाराही गणबाट सशस्त्र प्रहरी नायव निरीक्षक नीर कुमार कार्कीको कमान्डमा खटिएको ३५ जनाको टोलीसहितको संयुक्त प्रयासले आगो नियन्त्रणमा लिइएको छ ।
क्षतिको यकिन विवरण संकलन भइरहेको छ । प्रारम्भिक अनुमान अनुसार लाखौँको भौतिक क्षति भएको बताइएको छ।