Advertisement

बन्धक बनाइएका ३५ नेपालीको भारतबाट उद्धार

आकर्षक जागिरको प्रलोभनमा भारत पु्याएका नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले ३५ जना नेपालीहरूको उद्धार गरेको छ ।
दूतावासले शनिबार एक विज्ञप्ति जारी गर्दै उत्तराखण्ड प्रहरी र केआइन इन्डियाको सहयोगमा उनीहरूको उद्धार गरिएको जनाएको छ । उत्तराखण्ड र्पुयाइएका युवाहरूलाई कुटपिट र यातना दिँदै विभिन्न शीर्षकमा रकम समेत असुल गरेको आरोपमा केही व्यक्तिहरूलाई उत्तराखण्ड प्रहरीले पक्राउ गरेको समेत दूतावासले जनाएको छ ।