नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विदेशको नागरिकता लिइसकेकाहरूलाई नेपाली नागरिकता दिन नसकिने बताएका छन ।
शनिबार ललितपुरमा आयोजित सुगौली सन्धि र नेपालमा नागरिकता पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन ।
ब्रिटिश गोरखा सैनिकहरुले नेपालको नागरिकता निरन्तरताको माग उठाउनु स्वभाविक भएपनि अर्को देशको नागरिकता लिइसकेपछि नेपालको नागरिकता दिन नसकिने बताए ।
दोहोरो नागरिकता दिन सकिदैन : देउवा












