Advertisement

सुनचाँदी व्यवसायीको आन्दोलन स्थगित

नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले असार मसान्तसम्म आन्दोलनका कार्यक्रम स्थगित गरेको छ ।
आज काठमाण्डौमा पत्रकार सम्मेलन गरी महासंघहरूको चलिरहेको आन्दोलन असार मसान्तसम्म स्थगित गरी रचनात्मक कार्यक्रम गर्ने जनाएको हो । पत्रकार सम्मेलनमा बोल्दै क्रममा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष किसान सुनारले यही असार मसान्तभित्र आफूहरूका माग सम्बोधन नभए विभिन्न विषयगत समूहमार्फत साझा संघर्ष र खबरदारी गर्दै सशक्त आन्दोलन अघि बढाउने चेतावनी दिए ।