Advertisement

एमाले जनसङ्गठन संयन्त्रको बैठक बिहान ८ बजे बस्दै

अहिले बिहान ८ बजे नेकपा एमालेको जनसङ्गठन संयन्त्रको बैठक आज बस्ने भएको छ । बैठकलाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष विष्णु पौडेलले विशेष सम्बोधन गर्ने भएका छन । हालसालै महाधिवेशन सम्पन्न भएका १६ वटा जनसङ्गठनका इन्चार्ज अध्यक्ष, निवर्तमान अध्यक्ष र महासचिव सहभागीको रूपमा रहने छन । पार्टी स्थायी कमिटीका सदस्य एवं जनसङ्गठन संयन्त्रका प्रमुख भानुभक्त ढकालका अनुसार महाधिवेशनपछि आएको नेतृत्वलाई प्रधानमन्त्री ओलीले विशेष निर्देशन गर्नेछन ।