हिजो स्कटल्यान्डमा भएकोे त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टोलीलाई हराएको छ ।
नेपालले स्कटल्यान्डलाई २ विकेटले हराएको हो । स्कटल्यान्डले दिएको ९८ रनको लक्ष्य नेपालले १९ ओभर ५ बलमा ८ विकेटको क्षतिमा पूरा र्गयो ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ३० रन बनाए । स्कटल्यान्डका माइकल लिस्क र सफियान सरिफले समान २ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्ड १९ ओभर ४ बलमा ९७ रनमा अलआउट भएको थियो । स्कटल्यान्डका लागि माइकल लिस्कले ४४ रन बनाए ।
नेपालका लागि सन्दिप लामिछानेले ४ तथा करण केसी र दीपेन्द्र सिंह ऐरीले समान २ विकेट लिए । प्रतियोगितामा नेपालको यो पहिलो जीत हो । जीतसँगै नेपाल अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
त्रिदेशीय टी–२० मा नेपालको जित












