Advertisement

अहमदाबाद विमान दुर्घटनाका १ सय २४ जनाको शव परिवारलाई बुझाइयो

मंगलबार साँझ अहमदाबाद विमान दुर्घटनामा ज्यान गुमाएका १ सय २४ जनाको शव परिवारलाई बुझाएको छ ।
१ सय ६३ डीएनए नमुनाको परीक्षण सम्पन्न भइसकेको सिभिल अस्पतालका सुपरिटेन्डेन्ट राकेश जोशीले जानकारी दिए। दुर्घटनाको दिन अस्पतालमा ७१ जना घाइते भर्ना भएका थिए । ४२ जनालाई डिस्चार्ज गरिसकिएको र दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो।
१२ जुन २०२५ मा एयर इन्डियाको बोइङ ड्रीमलाइनर विमान अहमदाबादबाट लण्डनको गैटविकका लागि उडेको एक मिनेटमै दुर्घटनाग्रस्त भएको थियो।