Advertisement

आज जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस मनाइँदै

आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मनाइँदैछ ।
यो दिवस २०६८ देखि दिवस मनाउन थालिएको हो । सरकारले २०६३ साल जेठ २१ गते नेपाललाई जातीय छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको थियो । त्यही दिनको स्मरणमा यो दिवस मनाउने गरिन्छ ।नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको १८ वर्ष बितिसक्दा पनि व्यवहामा कार्यान्वयन नुहँदा सरोकारवाला चिन्तित छन । अहिले पनि बेलाबेला जातीय विभेदका घटना भइरहेका छन ।दिवसका अवसरमा आज सरोकारवालाहरूले विभिन्न कार्यक्रम आयोजना गरेका छन ।