केहि दिनदेखि सार्वजनिक यातायातका साधन ठप्प पारेर भएको हड्ताल हटाउनुपर्ने माग गर्दै सर्वोच अदालतमा रिट निवेदन दर्ता भएको छ ।
हड्तालका नागरिकको आधारभूत र मौलिक हक हनन भएको दाबीसहित तत्काल हड्ताल खुलाउन माग राखी आदेश जारी हुनुपर्ने माग गरेको अधिवक्ता विमल पोखरेलले जानकारी दिए । अत्यावश्यक क्षेत्रमा हड्ताल नगर्न आदेश जारी हुनुपर्ने र हड्ताल गर्नेमाथि कारवाही हुनुपर्ने माग राखेका छन ।
सर्वोच्च अदालतले भोली निवेदनमाथि प्रराम्भिक सुनुवाइ गर्नेछ ।
यातायात हडतालविरुद्ध सर्वोच्चमा रिट












