Advertisement

तनहुँको मादी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु

गएराति दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग २ च ५७६० नम्बरकोे जिप तनहुँको व्यास नगरपालिका–३ र ४ जोड्ने मादी नदी पुलबाट खस्दा तीन जनाको मृत्यु भएको छ ।
पुलको रेलिङ भत्काएर जिप खसेको हो ।दुर्घटनामा अन्य दुई जना घाइते भएका छन । घाइतेहरूको दमौली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय प्रहरीले जानकारी दिएका छन । जिपमा पाँच जना सवार थिए । घाइतेमध्ये एक जना गम्भीर रहेकाले थप उपचारका लागि पोखरा पठाइएको छ।