Advertisement

तनहुँमा बस र टिप्पर ठोक्किँदा ७ जना घाइते

आज बिहान तनहुँमा बस र टिप्पर ठोक्किँदा ७ जना घाइते भएका छन ।
रुकुम पश्चिमबाट काठमाडौँ तर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१५२ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा। प्र.०१-००१ अ-यो ००२७ न।को टिप्पर एक आपसमा ठोक्किएका हुन ।
घाइतेहरूको लक्ष्मी अस्पताल डुम्रेमा उपचार भइरहेको छ । ४९ वर्षीय हरिसचन्द्र खत्रीको भने खुट्टा फ्याक्चर भएकोले थप उपचारको लागि भरतपुर अस्पताल रिफर गरिएको छ । दुर्घटनामा ३५ वर्षीय चन्द्र बराल, १७ वर्षीय बिन्दु वली, ५० वर्षीय भद्र बहादुर वली, ३५ वर्षीय शर्मिला पाण्डे, बस चालक ३० वर्षीय सन्जोग नेपाली र टिपर चालक ४४ वर्षीय शङ्कर अधिकारी घाइते भएका छन।