Advertisement

आर्थिक सुधारका कार्यक्रमलाई उच्च महत्व

मंगलबार उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशको समग्र आर्थिक सुधारलाई सरकारले उच्च महत्त्वका साथ अघि बढाइरहेको बताएका छन ।
आर्थिक वर्षको बजेटबारे विकास साझेदारसँग अर्थ मन्त्रालयमा भएको छलफलमा आर्थिक सुधारको प्रक्रिया थालिसकेको र त्यसलाई भविष्यमा अझ प्रभावकारी रूपमा अघि बढाउने बताए ।
आउँदो बजेट विशेषगरी निजी क्षेत्रलाई प्रोत्साहन गर्ने, रोजगारीका अवसर सिर्जना गर्ने, उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने र राष्ट्रिय अर्थतन्त्रलाई सबल बनाउनेतर्फ केन्द्रित हुने अर्थमन्त्रीले बताए ।